
१८ फागुन, काठमाडौं । नेपालको सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि धनगढी एफसीले विशाल राईलाई नै मार्की प्लेयर बनाएको छ ।
अघिल्लो संस्करणमा पनि मिडफिल्डर विशाल नै धनगढीको मार्की प्लेयर थियो । आगामी चैत अन्तिममा सुरु गर्ने तयारी रहेको दोस्रो संस्करणका लागि साविक उपविजेताले धनगढीले विशाललाई नै मार्की प्लेयरमा निरन्तरता दिएको जनाएको छ ।
मच्छिन्द्र एफसी लगातार दोस्रो पटक ए डिभिजन लिगको उपाधि जित्दा विशाल त्यसको सदस्य थिए ।
नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने एनएसएलमा यस पटक ३ नयाँ टिम थपिएपछि कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी तथा तीन नयाँ टिम झापा एफसी, वीरगंज युनाइटेड र स्पोर्टिङ इलाम डि मेचीले प्रतिस्पर्धा गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4