
२० फागुन, काठमाडौं । प्रहरीले चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग चोरी गरेर फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१६ बनस्थली,बालाजुमा लुकीछिपी बस्दै आएका ४० वर्षीय राजन प्रजा रहेका छन् ।
महानगरीय प्रहरी बृत्त बालाजुबाट सादा पोशाकको प्रहरी टोलीले उनलाई बनस्थली बालाजुबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई कारबाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4