+
+

नेपाल बारमा सत्ता गठबन्धनको मोर्चाबन्दी, अध्यक्ष कांग्रेसलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १८:३३

२२ फागुन, काठमाडौं । नेपाल बार एशोसिएसनको चैत १९ गते हुने अधिवेशनमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले मोर्चाबन्दी गर्ने भएका छन् ।

नेपाली कांग्रेस निकट कानुन व्यवसायी अध्यक्ष र नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायी महासचिव रहने गरी तीन दलले मोर्चावन्दीको निर्णय गरेका हुन् । नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीले उपाध्यक्ष पद पाउनेछन् ।

बारको २५ सदस्यीय कार्यसमितिमा अध्यक्ष र कोषाध्यक्षसहित १५ जना कांग्रेसले पाउने गरी सहमति भएको कांग्रेस निकट कानुन व्यवसायी एगराज पोखरेलले बताए ।
माओवादी केन्द्र र एकीकृत समाजवादी निकट कानुन व्यवसायीले १० सिट भागवण्डा गर्ने सहमति भएको उनको दावी छ ।

पोखरेलका अनुसार अध्यक्षमा सुनील पोखरेल र गोपालकृष्ण घिमिरेमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ । बारका पूर्वमहासचिव पोखरेल अघिल्लो महाधिवेशनमा अध्यक्षमा पराजित भएका थिए ।

अध्यक्ष पदका आकांक्षी घिमिरे नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक हुन् । महासचिवमा माओवादी केन्द्र निकट अधिवक्ता दीनमणि पोखरेलले उम्मेदवारी दिने सम्भावना छ । बार एशोसिएसनको देशभर ११ हजार जना भन्दा बढी सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?