२५ फागुन, लमजुङ । सुन्दरबजार नगरपालिका-९ सिउडिवारस्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा सोही नगरपालिकास्थित फ्यूचर स्टार माविमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सोही विद्यालयको होस्टेलमा बस्ने तनहुँ भानु नगरपालिका-९ बाईसजागर घर भएका १८ वर्षीय सनिस श्रेष्ठको डुबेर मृत्यु भएको हो ।
अन्य दुईजना साथीसँग मिलेर नदीमा पौडी खेल्ने क्रममा सनिस श्रेष्ठ डुबेर बेपत्ता भएकाको खोजी गर्ने क्रममा उक्त नदीमा उनको शव फेला पारेको हो ।
सोही विषयलाई लिएर मृतकका आफन्तहरूले विद्यालयमा ढुङ्गामुढा गर्दान विद्यालयको भौतिक संरचनामा क्षति पुगेको छ भने केही घाइते भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4