
२५ फागुन, झापा । प्रहरीले ९०० एम्पुल प्रतिबन्धित लागूऔषधसहित अटो र तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अटो चालक भद्रपुर नगरपालिका १ बस्ने २३ वर्षीय सुमन मिश्र, अटोमा सवार २७ वर्षीय युगल खत्री र २४ वर्षीय शंकर लिम्बु रहेका छन् ।
अर्जुनधारा नगरपालिका-११ स्थित पूर्वपश्चिमबाट आउदै गरेको ट्याम्पुलाई चेकजाँचका क्रममा उनीहरुलाई अस्थायी प्रहरी बिट नयाँ बसपार्कको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध २०० एम्पुल लुपिजेसिक, २०० एम्पुल एबट, २०० एम्पुल डाइजेपाम, र ३०० ट्याब्लेट नाईट्राभेट गरी ९०० एम्पुल लागूऔषध बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4