+
+

रुकुमपूर्वको जंगलमा भेटिए एक दर्जन बढी सकेट बम

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ फागुन २७ गते ९:२२

२७ फागुन, दाङ । रुकुम पूर्वको एक जंगलमा एक दर्जन बढी सकेट बम फेला परेका छन् ।

सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जंगलमा सकेट बम फेला परेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए ।

बिहीबार दिउँसो ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि स्थानीयले वडा कार्यालयलाई जानकारी गराएका थिए । त्यसपछि वडा कार्यालयले प्रहरीलाई खबर गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले कालो प्लाष्टिकको ड्रमभित्र एक दर्जन बढी सकेट बमजस्तो देखिने वस्तु फेला परेको बताए ।

सो क्षेत्रमा माओवादीको प्रभाव पर्ने भएकाले ती वस्तु द्वन्द्वकालमा लुकाएर राखिएका बम नै हुन सक्ने प्रहरीले जनाएको छ । शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको छ ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?