+
+

हलमा तीन नयाँ फिल्म : आकाशे खेती, राधेश्याम र एथाक्कुम थुनिन्धावन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १२:००

२७ फागुन, काठमाडौं । शुक्रबारबाट एक नेपालीसहित तीन फिल्म प्रदर्शनमा आएका छन् । विल्सनविक्रम राई र गौरव पहारीको मुख्य भूमिका रहेको ‘आकाशे खेती’, साउथ अभिनेता प्रभास र पूजा हेग्डे अभिनित ‘राधे श्याम’ र अर्का साउथ अभिनेता सुरियाको ‘एथाक्कुम थुनिन्धावन’ नेपालमा रिलिज भएका हुन् ।

उदय सुब्बा निर्देशित ‘आकाशे खेती’ले नेपाल हुँदै तिब्बतबाट हुने शरणार्थीको गैरकानुनी धन्दाको कथा भन्छ । फिल्ममा बुद्धि तामाङ र नीता ढुंगानाको समेत मुख्य भूमिका छ ।

चाँडै धनी बन्ने सपनाले तीन मुख्य पात्रले तिब्बतबाट कसरी नेपाल हुँदै भारततर्फ शरणार्थीको ओसारपोसार गर्छन् भन्ने कथावस्तु यसमा छ । कमेडी, रोमान्स र एड्भेन्चर फिल्ममा समावेश छ ।

राधाकृष्ण कुमार निर्देशित फिल्म ‘राधे श्याम’मा प्रभास र पूजा हेग्डेको मुख्य भूमिका छ । रोमान्टिक ड्रामा जनरामा बनेको यो फिल्मले सन् १९७० को युरोपेली सेटिङमा वर्णित प्रेमकथालाई चित्रण गर्छ ।

शुक्रबारै दक्षिण भारतीय फिल्म ‘एथाक्कुम थुनिन्धावन’ पनि नेपाली बक्स अफिसमा रिलिज भएको छ । पाण्डिराज निर्देशित यो फिल्ममा सुरिया, प्रियंका अरुल मोहन र विनय रायको मुख्य भूमिका छ । ग्याङस्टरबाट महिलालाई जोगाउन मुख्य पात्रले गर्ने संघर्ष फिल्मको कथावस्तु हो ।

गत साता नै प्रदर्शनमा आएका ‘म यस्तो गीत गाउँछु २’, ‘द ब्याटम्यान’ र ‘गंगुबाई कठियावाडी’ पनि अहिले प्रदर्शनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?