 
																			२७ फागुन,काठमाडौं । बैंकिङ कसूर मुद्दाका दुईजना फरार प्रतिवादीहरूलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु बस्ने गोरखा भिमसेन थापा गाउँपालिका-६ ठेगाना भएका २५ वर्षीय निसम विक र काठमाडौं मनमैजु बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ का ३२ वर्षीय मुन्दिप भुजेल छन् ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरको गत मंसिर १२ गतेको फैसलाले मुन्दिपलाई ४ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना र निसमको नाममा बैकिंङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो ।
मुन्दिपलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने निसमलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4