
४ चैत, जनकपुरधाम । सिरहा प्रहरीले पेस्तोल र गोलीसहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका ११ निवासी ४२ बर्षका ब्रहमदेब यादव छन् ।
बीआर ३२ एबी ०४४९ नम्बरको माेटरसाइकलमा सबार यादवलाई सोही वडाको आँप चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट मेड इन इटाली लेखिएको पेस्तोल एक थान र ५ राउन्ड गोलीसहितको एक थान म्याग्जिन बरामद भएको सिरहा प्रहरीका प्रबक्ता एवं डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
यादवलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4