
६ चैत, काठमाडौं । थाइल्याण्ड ओपन इन्टरनेशनल बक्सिङ च्याम्पियनसिपको लागि छनौट खेलको आज भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबका सुशील थापाले यचटुओका रबिन थापालाई ५-० अंकको आधारमा पराजित गरी फाइनलमा प्रवेश गरेका छन् ।
सोही तौल समूहमा बक्समाण्डुका लक्ष्मण राईले सुर्खेतका मोहन गुरुङलाई अंकको आधारमा पराजित गरे ।
वैल्टर वैट ६३ किलो तौल समुहमा नेपाल प्रहरीका भूपेन्द्र थापा र जेनेक्सका मुस्कान राना मगरसंग फाइनलमा भेट पक्का गरेका छन् । थापाले थानकोटका मनिश श्रेष्ठलाई र मुस्कानले रामेछापका सुरेश कुमार भोलानलाई पराजित गरेका थिए ।
छनौट खेलकै महिलातर्फ वैन्टम वैट ५४ किलोग्राम तौल समुहमा मिनु गुरुङले बाँकेका माया क्षेत्रीलाई पराजित गर्दै एपीएफकी सन्जुमाया थिंगसंग फाइनलमा भिडन्त पक्का गरेका छन ।
सन्जुले थानकोटका सुसिला भोलानलाई अंकको आधारमा पराजित गरेका थिए । त्यसैगरी महिलातर्फकै फेदरवैट ५७ किलो तौलसमुहमा बक्समाण्डुका हेमा राईले झापाका सुस्मीता राईलाई पराजित गर्दै फाईनलको यात्रा सुनिश्चित गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4