८ चैत, काठमाडौं । क्रिकेट प्रशिक्षक जगत टमाटा दशककै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा प्रशिक्षक जगत कोच अफ दि डिकेड घोषित भए ।
वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक यी तीन विधामा दशककै उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिएको हो ।
दशककै उत्कृष्ट खेलाडी बनेका जगतले बजाज पल्सर मोटरबाइक प्राप्त गरेका छन् ।
प्रतिक्रिया 4