
८ चैत, काठमाडौं । अर्थमन्त्रालयले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटमा घोषणा गरे अनुसार ‘थिंक ट्यांक’ सक्रिय बनाएको छ । अर्थविश्लेषक हरि रोकको संयोजकत्वमा गत ७ पुसमा ५ सदस्यीय थिंक ट्यांक गठन भएको थियो ।
मन्त्रालय स्रोतका अनुसार यो समूहले आगामी आर्थिक वर्षको बजेट निर्माणमा समेत योगदान गर्नेछ । थिंक ट्यांकमा सोमत घिमिरे, जगत श्रेष्ठ, रघुवीर विष्ट र सुगमजंग केसी सदस्य तोकिएका छन् ।
मन्त्रालयले लिने दीर्घकालिन प्रभावका नीति–निर्णयमा सक्रिय रहने गरी मन्त्रालयले बजेटमै यस्तो समूह गठन गर्ने घोषणा गरेको थियो । सरकारको नीति तथा कार्यक्रम र बजेट संसदबाट पास भएसँगै यसले वैधानिकता पाएको हो । सोहीअनुसार थिंक ट्यांक सक्रिय भएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4