
काठमाडौं । प्रदर्शन मिति नजिकिएसँगै फिल्म ‘हेल्लो जिन्दगी’ले प्रचारप्रसार तीव्र बनाएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको नयाँ गीत ‘अनौठो माया’ सार्वजनिक गरिएको छ ।
चैत १८ गते रिलिज हुने यो फिल्मको रोमान्टिक गीतमा एड्रिन प्रधान र रजिना रिमालको स्वर छ । गीतमा फिल्मका मुख्य कलाकार विक्रम जोशी र दीपिका प्रसाईं फिचर्ड छन् । फिल्मका निर्देशक समेत रहेका एभरेस्ट सूर्य बोहोराको शब्द रहेको गीतमा अमित श्रेष्ठको संगीत र विष्णु देवाको नृत्य निर्देशन छ ।
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक बोहराले फिल्मका दुई अभिनेत्री प्रियंका कार्की र दीपिका प्रसाईंले प्रमोसनमा साथ नदिएकोमा चित्त दुखाए ।
कार्यकारी निर्मात्री सिर्जना जोशी महर्जनले सत्य घटनामा फिल्म आधारित रहेको बताइन् । अभिनेता जोशीले फिल्मलाई गुणस्तरीय तुल्याउन कञ्जुस्याइँ नगरिएको बताए । कार्यक्रममा फिल्ममा समावेश लोकशैलीको ‘ओखरको दाना’ बोलको गीत पनि प्रदर्शन गरिएको थियो ।
यो गीतलाई बेलायतमा विभिन्न रमणीय छायांकन गरिएको छ भने विक्रम र दीपिकाका साथमा प्रियंका कार्की, विल्सनबिक्रम राई, विक्रान्त बस्नेत, सबिता गुरुङ, ध्रुव दत्त, कुमुद पन्तलगायतको अभिनय छ ।
फिल्मको निर्माता जोशी र हिराल जोशी हुन् ।
प्रतिक्रिया 4