
९ चैत, काठमाडौं। बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी बस्दै आएका ३८ वर्षीय रगुन खड्केलाई बुलबार सीआईबीको टोलीले भिमसेनगोलाबाट पक्राउ गरेको हो ।
उनलाई २०७७ फागुन ९ गते उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ७ दिन कैद सजाय र ३६ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
खड्केले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।
क्षेत्रपाटीमा लुकिछपी बसिरहेको अवस्थामा खड्केलाई भिमसेनगोलाबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4