
काठमाडौं । सरोज खनाल र सरिता लामिछानेको मुख्य भूमिका रहने फिल्म ‘सरी मम’को बिहीबार भद्रकाली मन्दिरमा शुभसाइत गरिएको छ ।
क्यामराको पूजा गरेपछि सरिता र प्रभात पलले मुहूर्त सट दिए । निर्माता तथा वितरक गोपालकाजी कायस्थले क्ल्याप हानेको मुहूर्त सटको निर्देशन रञ्जित रानाले गरेका थिए ।
विनोद लामाको प्रस्तुतिमा निर्माण हुने फिल्ममा विजय लामा, एलिस राई, बिहान श्रेष्ठ, रेजिना मगर, युनिशा बजगाईं र प्रविल कटुवालको समेत अभिनय हुनेछ । काठमाडौं र पोखरामा फिल्म सुटिङ हुने जनाइएको छ ।
एनएफआई क्रियसनको व्यानरमा निर्माण हुने फिल्मलाई नवीन बोगटीले निर्देशन गर्दैछन् । एक महिनाको छायांकन तालिका रहेको फिल्मलाई दीर्घ गुरुङले खिच्नेछन् ।
सामाजिक कथावस्तुमा निर्माण गरिने फिल्म आगामी वर्षको दशैं र तिहारको बीचमा रिलिज गरिने निर्माता विनोद लामाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4