+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भरतपुर महानगरले सिंगो देशलाई सन्देश दिइरहेको छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १४:२१

११ चैत, चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले विकासका दृष्टिले सिंगो देशलाई नै सन्देश दिएको दावी गरेका छन् ।

शुक्रबार भरतपुर महानगरपालिकाको प्रकाशकीय भवनको शिलान्‍याश गर्दै प्रचण्डले भने, ‘देशको मध्य भागमा रहेको यो महानगरले सिंगो देशलाई सन्देश दिइ नै रहेको छ।’ उनले विकासको गतिमा महानगर तीव्रगतिमा अगाडि बढिरहेको र यसलाई विदेशीहरुले पनि नियालिरहेकोको बताए।

‘भरतपुर महानगरले आफ्नो कार्यकालभरी नै विकासका दृष्टिले धेरै महत्वपूर्ण आयोजनाहरु अगाडि ल्यायो,’ प्रचण्डले भने, ‘देशभर नै विकासको गतिमा भरतपुर महानगरपालिका तीव्र गतिमा गइरहेको छ भन्ने मान्यता स्थापित भयो ।

भरतपुर महानगरपालिकाको देशभरी नै एउटा पहिचान बनेको छ । देश र देशबाहिर पनि भतरपुरको विकास मोडेल निकै चर्चित रह्यो । हाम्रा छिमेकीदेखि धेरै टाढा-टाढासम्मका हाम्रा मित्रहरुले पनि भरतपुरलाई एउटा विशिष्ट महानगरका रुपमा हेरेका छन् ।’

यसो हुनुमा महानगरकी मेयरको दृढ इच्छाशक्ति र सकरात्मक सोच कारक रहेको प्रचण्डको दावी छ। ‘मैले भरतपुर महानगरपालिकाको मेयर दिमागमा जति बेला पनि महानगरपालिका र त्यो परिवारप्रति जहिले पनि सकरात्मक सोच मात्रै भेटेँ,’ उनले भने, ‘यहाँका वडाध्यक्षहरु धेरै नेपाली कांग्रेसका छन् । उहाँहरु असाध्यै राम्रा छन् भन्ने जहिले पनि । एमालेकासँग पनि त्यस्तै । सहज अन्तरक्रिया गर्न सक्ने । दृढ इच्छाशक्ति र सकरात्मक सोचका कारणले पनि अहिले भरतपुर महानगरको विकास प्रक्रियाले तिब्रता पाएको छ।’

जनप्रतिनिधिको हैसियतले आफूले पनि भूमिका खेलेको प्रचण्डको भनाइ छ। उनले भने, ‘चितवनकै जनप्रतिनिधिको हैसियतले यहाँ विकासमा काम अगाडि बढाउनका निम्ति मेरो ठाउँबाट राष्ट्रिय जिम्मेवारी महशुस गर्दै सिङ्गै राष्ट्रलाई पनि निजी, सहकारी र सार्वजनिकको साझेदारीको मान्यता जो स्थापित गर्न खोजेका छौं। त्यसको एउटा चितवन बन्नुपर्छ, भरतपुर बन्नुपर्छ भनेर नै आयोजनाहरु अगाडि बढेका हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?