+
+

मधेश प्रदेशमा सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १५:२३

काठमाडौं । सनराइज बैंकले मधेश प्रदेशमा रहेका विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

२१ मार्चदेखि २७ मार्चसम्म विश्वव्यापी रुपमा मनाइँदै आएको ग्लोबल मनि सप्ताहमा साथ जनाउँदै बैंकले मधेश प्रदेशका शाखाहहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकले ८ चैतमा राजविराज, ९ चैतमा लहान र १० चैतमा गौरमा उक्त कार्यक्रम गरेको हो । एनबीआईसँग सहकार्य गरी आयोजना गरिएको उक्त कार्यक्रममा नेशनल बैंकिङ इन्स्टिच्युटको तर्फबाट विनोद अधिकारी तथा बैंकका प्रतिनिधिहरु सहभागी भई साक्षरता प्रदान गरेका थिए ।

वित्तीय साक्षरता कार्यक्रमलाई अझै प्रभावकारी बनाउन बैंकका नायब महाप्रबन्धक अपछकुमार यादव समेत गौरको कार्यक्रममा सहभागी भएका थिए । उनले वित्तिय साक्षरताको महत्व पैसाको प्रयोग र उपयोगिता बारे सहभागीहरुलाई साक्षर हुन आग्रह गरेका थिए ।

कार्यक्रममा १०० जना भन्दा बढी स्थानीय महिला, साना व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ्ग, डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सर्तकता सुरक्षित रेमिटायन्स प्रणाली, लगायतका विषयमा अन्तरक्रिया भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?