+
+

हलिउड स्टार केनु रिभ्सका फिल्म चीनमा प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १६:५३
हलिउड अभिनेता केनु रिभ्स । फाइल तस्वीर

काठमाडौं । दलाई लामा फाउन्डेसनले आयोजना गरेको तिब्बतसम्बन्धी सांगीतिक कार्यक्रममा भाग लिएपछि हलिउड अभिनेता केनु रिभ्सविरुद्ध चीन आक्रोशित भएको छ ।

रोयटर्सका अनुसार चिनियाँ स्ट्रिमिङ प्लेटफर्म टेनसेन्ट भिडियो र आक्युवाइबाट रिभ्स अभिनित फिल्म हटाइएको छ भने चीनभित्रै उनका फिल्मलाई प्रतिबन्ध लगाइने जनाइएको छ ।

रिभ्स अभिनित स्पिडसहित म्याट्रिक्स र जोन विक सिरिजलाई प्लेटफर्मबाट हटाइएको छ भने उनका फिल्मलाई देशमा प्रदर्शन गर्न रोक लगाउन माग उठेको छ । लस एन्जल्स टाइम्सले टिनसेन्ट भिडियोबाट रिभ्सका १९ वटा फिल्म हटाइएको उल्लेख गरेको छ ।

मार्च ३ मा दलाई लामाको कन्सर्टमा भाग लिने खबर बाहिरिएपछि यसअघि जनवरी अन्त्यमा पनि चिनियाँ सामाजिक सञ्जालमा अभिनेता रिभ्सलाई चीनमा काम गर्न प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेका थिए ।

कोभिड-१९ का कारण रिभ्सले भर्चुअल रुपमा उक्त कन्सर्टमा भाग लिएका थिए भने भर्चुअल रुपमै उनीविरुद्ध आलोचना पनि भइरहेको छ । भारतमा आश्रय लिएका दलाई लामाले तिब्बतलाई विभाजन गर्न खोजेको र पान्चेन लामालाई आफ्ना उत्तराधिकारी घोषित गर्ने कार्यमा उनी जुटेको बेइजिङको आरोप छ । सन् १९५१ देखि चीनले तिब्बतमा शासन चलाउँदै आएको छ ।

यसअघि चीनले अन्य हलिउड स्टारहरुलाई पनि प्रतिबन्ध लगाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?