१२ चैत, काठमाडौं । पपुवा न्यु गिनीविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले दुवै ओपनरलाई गुमाएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले तीन ओभरभित्र नै दुवै ओपनरलाई गुमाएको हो ।
नेपाली टिमका ओपनर कुशल भुर्तेल प्लाटिनम (रोएल) डक भए । कुशल खेलको पहिलो बलमै आउट भए । खेलको पहिलो इनिङ्सको पहिलो बलमै आउट हुने खेलाडीलाई रोएल डक भनिन्छ ।
पीएनजीका अलेइ नाओको बलमा लेगा सिएकाले कुशललाई सर्ट लेगमा क्याचआउट गराएका हुन् ।
यस्तै अर्का ओपनर अनिल शाह तेस्रो ओभरको पहिलो बलमा १ रन बनाएर आउट भए ।
दुवै विकेट अलेई नाओले लिए ।
टीयू मैदानमा नेपाल टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया 4