+
+

अबको ८-१० वर्ष पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको छ : महामन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १७:५८

१३ चैत, काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताएका छन् ।

आइतबार १०औँ गैर आवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा अबको आठ/दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको बताएका हुन् ।

उनले नेपालको कृषि बजारमुखि हुने र मानिसहरुलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको स्पष्ट पारे । आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न नसकिने भन्दै महामन्त्री थापाले बाह्य लगानी भित्र्याउनुपर्ने बताए । मानव विकासको जुन अवस्था छ यो अवस्था नबदलीकन, पूर्वाधारले मात्र हामीलाई पुदैन ।’

महामन्त्री थापाले गैरआवासिय नेपालीलाई नेपालमा लगानी गर्न दिनुपर्ने बताए । गैर आवासीय नेपालीहरुको लगानीसँग नेपालीहरु डराउनु नहुने उनले बताए । उनीहरुलाई नेपालमा लगानी गर्न दिनका लागि नेपालका नेतृत्वले आत्मविश्वास देखाउनुपर्ने उनको भनाई छ ।

‘हामी नेपालभन्दा बाहिर बसेका पहिलो पुस्ताका नेपालीलाई जसरी नागरिकता दिन डरायौँ । पासपोर्ट दिन डराएका हुन्छौ । जसरी तपाईहरुलाई अधिकार दिन डराएका हुन्छौँ ।’ उनले भने, ‘आफ्नै दाजुभाइहरुसँग,आफ्नै दिदीबहिनीहरुसँग कहिँ न कहीँ मनमा त्यो संकुचन राखेर बसेका छौँ जसको कारणले गर्दाखेरी हामीले हात खोल्नुपर्ने हो, त्यो हात नखोलेर हाम्रो मुट्ठी कसिएको अवस्था छ । यो विषयको सन्दर्भमा नेपालको लिडरशिपले त्यो कन्फिडेन्स राख्नैपर्छ । र यसका केही नयाँ ढंगले हाम्रो साझेदारी गर्नैपर्ने हुन्छ ।’

महामन्त्री थापाले नेपालीले गैरआवासिय नेपालीहरुको लगानीलाई आशंकाको दृष्टिले हेर्नु नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?