+
+

क्यानडा ३६ वर्षपछि विश्वकपमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते ७:२४

१४ चैत, काठमाडौं । क्यानडा ३६ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ ।

मध्य तथा उत्तर अमेरिकी छनोटअन्तर्गत आइतबार राति जमैकामाथि ४-० काे जितसँगै क्यानडा सन् १९८६ पछि पहिलोपल्ट विश्वकप खेल्न लागेको हो ।

मेक्सिकोमा आयाेजित साे विश्वकपमा क्यानडा जितविहीन हुँदै समूहचरण बाटै बाहिरिएको थियो ।

केल लरिन र टाजाेन बुचाननले गाेल गरेपछि पहिलाे हाफमा क्यानडाले अग्रता बनाएकाे थियाे । दाेस्राे हाफमा जुनियर हाेलेटले गाेल गर्दा जमैकाका एड्रियन मारियाप्पाले आत्मघाती गाेल गरेका थिए ।

इतिहासमै दाेस्राेपल्ट विश्वकपमा छानिएपछि टाेरन्टाेस्थित बीएमओ  फिल्ड रंगशालामा भरिभराउ घरेलु समर्थकले ठूलो खुसियाली मनाएका थिए ।

मध्य तथा उत्तर अमेरिकी छनोटअन्तर्गत फाइनल चरणमा ८ टाेलीकाे सहभागिता छ । अन्तिम चरणको खेल अगाडि क्यानडाले आफ्नाे स्थान सुरक्षित गर्दा सिधा छनोट हुने दुई स्थानका लागि मेक्सिको, अमेरिका, कोस्टारिकाबीच प्रतिस्पर्धा छ । अन्तिम चरणमा कोस्टारिका र अमेरिका तथा मेक्सिको र एल साल्भाडोरबीच प्रतिस्पर्धा हुँदैछ ।

छनोट प्रतियोगिताको शीर्ष ३ टोली कतारमा आगामी नोभेम्बर डिसेम्बरमा हुने फिफा विश्वकप खेल्नेछन् । चौथो स्थानमा रहने टिमले अन्तरमहादेशीय प्लेअफ खेल्नेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?