+
+

दोहोरो अंकले घट्याे नेप्से, २ अर्ब पनि पुगेन कारोबार रकम

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १५:०६

१७ चैत, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार दोहोरो अंकले घढेर सेयर बजार बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २३ दशमलव ९५ अंकले घटेर २ हजार ५ सय ४४ दशमलव ३० अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ७२ अंकले घटेको छ ।

सेयर कारोबार रकम भने २ अर्ब पनि पुगेन । दिनभर भएका ३७ हजार ४२९ कारोबारबाट ३७ लाख ८७ हजार ४५ कित्ता धितोपत्र कारोबार भए । जसबाट कारोबार रकम १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?