+

स्कुल जान किन डराउँछन् बालबालिका ?

२०७८ चैत  १८ गते १२:१७ २०७८ चैत १८ गते १२:१७
स्कुल जान किन डराउँछन् बालबालिका ?

काठमाडौं । बच्चाहरुले ‘मलाई स्कुल जान मन लाग्दैन’ भन्ने गरेको धैरैपटक सुन्नुभएको होला । कतिपय बच्चा त विद्यालय नजान भनेर रुवावासी समेत गर्ने गर्छन् । अन्त्यमा उनीहरुको रोएको देखेर अभिभावकले उनीहरुलाई विद्यालय पठाउँदैनन्, तर धेरैपटक अभिभावकहरुको मनमा यो प्रश्न आउँछ कि आफ्नो बच्चा किन विद्यालय जानबाट यति डराउँछ ?

यसबाहेक कतिपय अभिभावकहरु यस्ता हुन्छन् जसले बालबालिकाको डर र विद्यालय नगएको कारण बुझ्नुको सट्टा आफ्नो बच्चा झुट बोलेको वा बहाना बनाएर कुटपिट गरेर विद्यालय पठाउँछन् । माथिका दुई घटनामध्ये कुन उचित हुन्छ ? धेरैपटक बालबालिकाले अभिभावकहरुले बच्चालाई विद्यालय पठाउनै सक्दैनन् ।

कोरोना महामारीपछि अहिले विद्यालय खुल्न थालेका छन्, यो अवधिमा बालबालिकालाई विद्यालय पठाउन मुस्किल भइरहेको छ । यस्तो अवस्थामा बच्चालाई पिटेर भन्दा पनि उनीहरुको समस्या बुझेर व्यवहार गर्नुपर्छ ।

बच्चा किन स्कुल जान डराउँछन् ?

बच्चाले विद्यालय जान नरुचाउनुमा विद्यालयमा उनीहरुमाथि हुने विभिन्न किसिमका विभेद मुख्य कारण रहेको मनोविद्हरु बताउँछन् । मनोविद् विजय ज्ञवाली विद्यालयमा विद्यार्थीहरुबीच हुने अस्वस्थ प्रतिस्पर्धा र शिक्षकले गर्ने विभेदका कारण पनि बालबालिका विद्यालय जानबाट डर मान्ने गरेको सुनाउँछन् । बालबच्चा विद्यालय जान डराउनुमा निम्न कारण हुने मनोविद्हरु बताउँछन् ।

असफलताको डर

बालबालिकाको मन निकै नरम हुन्छ । विद्यालयको पहिलो दिनमा उनीहरूमाथि केही असहज हुने व्यवहार गरियो वा उनीहरुलाई खिस्याउने वा हप्काउने काम गरियो भने उनीहरु विद्यालय जान मान्दैनन् । त्यस्तो अवस्थामा तिनीहरूको दिमागमा आत्मविश्वासको कमी हुन सक्छ र तिनीहरू हरेक दिन विद्यालय जान डराउन थाल्छन् ।

यति मात्र होइन, यसका कारण बालबालिका असफल हुन नचाहेका कारण केही नयाँ प्रयास गर्न डराउँछन् त्यही अनुरुप उनीहरु विद्यालय जान पनि डराउने गरेको उनीहरुको भनाइ छ ।

सामाजिक परिस्थितिको डर

पहिलोपटक जब बच्चा घरबाट विद्यालय जान्छन्, उनीहरूमा अपरिचित मान्छेसँग पनि डर हुन्छ । त्यसकारण उनीहरू बाहिरका मानिसहरूसँग खुलेर बोल्न सक्दैनन् । अर्को बच्चासँग कुरा गर्दा वा शिक्षकले केही सोध्दा पनि उनी रुन थाल्छन् । यसबाहेक विद्यालयको नियम पालना गर्न पनि उनीहरुले सहजै सक्दैनन् । त्यसैले सामाजिक परिस्थितिको कारणले पनि उनीहरुमा डरको सिर्जना गराउँछ ।

अरू बच्चाको तुलनामा आफूलाई कम मूल्यांकन गर्दा

स्कुलको प्रारम्भिक दिनमा बच्चाले आफ्ना साथी वा सहपाठीसँग सबै कुरामा प्रतिस्पर्धा गर्छन् । पढाइ होस् वा खेलकुद होस् उनीहरु अरुभन्दा अघि बढ्न चाहन्छन् । त्यो सही पनि हो । तर कहिलेकाहीं बच्चाहरू हार्ने वा अरुभन्दा पछि परिन्छ भन्ने भयले पनि विद्यालय जान डराउँछन् । तर विद्यालय जान थालेपछि बिस्तारै साथीहरूलाई राम्रोसँग बुझ्न थाल्छ ।  अन्य बच्चाको तुलनामा सिक्न धेरै समय लगाउने बच्चा पनि विद्यालय जानुपूर्व बढी डराउने गर्छन् ।

घरपरिवारबाट टाढा रहनुपर्ने डर

जन्मेदेखि २–३ वर्षको उमेरसम्म बच्चाले परिवारका सदस्यसँग मात्रै समय बिताउँछ । यदि बाहिरका व्यक्ति वा स्कुलको दैनिकीसँग परिचित नहुँदा उनीहरु असहज महसुस गर्छन् ।

आमाबुवाबाट टाढा हुनुपर्दा उनीहरु रुने गर्छन् । जसकारण पनि उनीहरु विद्यालय जाने बेलामा डराउँछन् ।

अरूबाट अलग हुने डर

स्कुलको प्रारम्भिक दिनमा साथीहरुमाझ कमजोर ठहराउँदा र प्रश्नको जवाफ दिन नसक्दा शिक्षकले गाली गर्दा पनि उनीहरुमा विद्यालय जान डर लाग्न सक्छ ।

अभिभावकले पनि आफ्ना बच्चाको कमीकमजोरी हटाउन मद्दत गर्नुको साटो उल्टो गाली गर्दा उनीहरुको मनोबल घट्छ । जसकारण उनीहरु विद्यालय जान मन पराउँदैनन् ।

छुट बालबालिका स्कुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी