+
+

कमल सिंह ऐरीको अप्रेशन, ६ हप्ता खेल्न नसक्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते ११:५६
फाइल तस्वीर

२० चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर कमल सिंह ऐरीको देब्रे कुमको हड्डी भाँचिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको मलेसियासँगको खेलका क्रममा उनलाई कुममा चोट लागेको छ ।

उनको नेपाल नेशनल हस्पिटल कलंकीमा परीक्षण गर्दा उनको कुमको हड्डी भाँचिएको पत्ता लागेपछि आइतबार बिहान शल्यक्रिया गरिएको छ ।

डा.निरज केसी र डा. निराजन सुवेदीले उनको उपचार गरेका र उनको अवस्था अहिले सामान्य रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

२१ वर्षको ऐरीलाई निको हुन कम्तिमा पनि ६ हप्ता लाग्ने क्यानले जनाएको छ ।

मलेसियासँगको खेलमा ऐरीले २ ओभर बलिङ गर्दै २० रन दिएर २ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?