+
+

तेस्रो डीएभी प्लस टु इन्टर कलेज फुटसलको उपाधि ओरियन्ट माविलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १२:४३

काठमाडौं । ललितपुरको जावलाखेलस्थित डीएभी सुशील केडिया विश्व भारती उच्चमाध्यमिक विद्यालयले आयोजना गरेको प्लस टु इन्टर कलेज फुटसल प्रतियोगिताको उपाधि ओरियन्ट माध्यमिक विद्यालयले जितेको छ ।

आयोजक टिम डीएभी रेडलाई पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले पराजित गर्दै ओरियन्ट मावि विजयी भएको हो । जितसँगै ओरियन्ट माविले दुई लाख रुपैयाँक नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

विजेता एवं उपविजेता खेलाडीहरूलाई विद्यालयका अध्यक्ष तथा सञ्चालक अनिल केडिया र एकेडेमिक डाइरेक्टर सुमन बस्नेतले पुरस्कार वितरण गरेका थिए ।

उपविजेता बनेको टिम डीएभी रेडले एक लाख नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा आयोजक टिम डीएभी रेडका सुमित थापा मगर सर्वोत्कृष्ट खेलाडी घोषित भए ।प्रतियोगिताका सर्वोत्कृष्ट गोलकिपर ओरियन्टका सरोज पाण्डे घोषित भए ।

सर्वाधिक गोलकर्ताको पुरस्कार दिवश विष्ट(डीएभी रेड), विजय पौडेल(समृद्धि मावि) तथा सुनिल थिङ (इन्साइट भिजन मावि)ले संयुक्तरूपमा प्राप्त गरेका थिए ।

प्रतियोगितामा आयोजकका दुई टिमसहित उपत्यकाका कुल २६ टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?