+
+

पीएसजी उपाधितर्फ अग्रसर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते ८:०६

५ वैशाख, काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार राति दोस्रो स्थानको मार्सेलाई २-१ ले पराजित गरेको छ । यस जितपछि पीएसजी कीर्तिमानी १०औं लिग उपाधि नजिक पुगेको छ ।

घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीका लागि नेयमार र किलियन एमबाप्पेले गोल गरे ।

खेलको १२औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर ३१औं मिनेटमा मार्सेका डुजे कालेटा कारले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी टाइममा एमबाप्पेले पेनाल्टीबाट गोल गरेपछि पीएसजीले २-१ अग्रता लिँदै ३ अंक जोड्यो ।

जितपछि ३२ खेलबाट ७४ अंक जोड्दै पीएसजीले मार्सेमाथि १५ अंकको अग्रता बनाएको छ । मार्सेको समान खेलबाट ५९ अंक छ ।

लिगमा अब ६ खेल बाँकी रहँदा पीएसजी उपाधिको नजिक पुगेको छ । पीएसजीले अनुकुल नतिजा आए अर्को साता लिगको उपाधि जित्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?