+
+

किन चर्चामा छ ट्वीटर संस्थापकको पहिलो ट्वीट ? के हो एनएफटी ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १३:४३

ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीको पहिलो ट्वीटको एनएफटी (नन फंजिबल टोकन) गतवर्ष २९ लाख डलरमा खरिद गर्ने सिना एस्तावीले भविष्यमा सायद आफूले कहिल्यैपनि उक्त ट्वीट नबेच्ने बताएका छन् ।

इरानी मूलका मलेसियन व्यापारी सिना एस्तावीले गतहप्ता उक्त ट्वीटको एनएफटी लिलामी गर्न खोजेका थिए । तर लिलामीका क्रममा उक्त ट्वीटका लागि अविश्वसनीय रुपमा कम बोली लाग्यो ।

उक्त एनएफटीका लागि अधिकतम ६ हजार २ सय डलरको बोली लागेको थियो जबकि उनले त्यसका लागि २९ लाख डलर मूल्य तिरेका थिए । महंगो मूल्यमा खरिद गर्न कोही पनि तयार नभएको उक्त डिजिटल सम्पत्तिको तुलना उनले लिओनार्दो दा भिन्चीको चित्र मोनालिसासँग गर्न थालेका छन् ।

ज्याक डोर्सीको उक्त पहिलो ट्वीटमा लेखिएको थियो – just setting up my twttr.

सन् २००६ मा गरिएको उक्त ट्वीटलाई ज्याक डोर्सीले गतवर्ष च्यारिटीका लागि लिलाम गरिदिएका थिए ।

एस्तावीले सन् २०२१ को मार्चमा नन फंजिबल टोकनको रुपमा उक्त ट्वीट खरिद गरेका थिए ।

जुन चिजलाई मानिसहरू आफ्नो साथमा राख्दछन् र जुन चिजको एउटा सम्पत्तिजन्य मूल्य हुन्छ त्यसको डिजिटल संस्करण जस्तै हो एनएफटी ।

यद्यपि यसको अहिलेसम्म पनि कुनै ठोस रुप स्थापित हुन सकेको छैन र बजार विशेषज्ञहरूले यो विषयमा पटक पटक चेतावनी पनि दिने गरेका छन् । विज्ञहरूका अनुसार एनएफटीको बजार जोखिमपूर्ण छ ।

डिजिटल भर्सन

गत साता एस्तावीले ज्याक डोर्सीको पहिलो ट्वीटको एनएफटी ओपेनसी नामक अनलाइन बजारमा प्लाटर्फममा बिक्रीमा राखिएको जानकारी दिएका थिए ।

साथै उनले उक्त ट्वीट बेचेर प्राप्त हुने रकममध्ये आधा दान गर्नेसमेत घोषणा गरेका थिए ।

ज्याक डोर्सीको पहिलो ट्वीटको एनएफटी अढाई करोड डलरमा बिक्ने र त्यसको आधा रकम अमेरिकी च्यारिटी संस्था गिभडाइरेक्टलीलाई दिने उनको योजना थियो ।

अहिलेको समयमा जहाँ बिटक्वाइन मुद्राको डिजिटल विकल्प बन्नेतर्फ अग्रसर छ, त्यसैगरी एनएफटीलाई पनि डिजिटल संस्करणको रुपमा हेरिएको छ । खासगरी यस्तो उत्तरको रुपमा जसको मानिसहरूले संग्रह गरिरहेका छन् । तर कतिपय जानकारहररुका अनुसार यो एक बेलुन हो जुन जुनसुकै बेला फुट्न सक्दछ ।

के हो एनएफटी ?

एनएफटीको पूर्ण रुप नन फंजिबल टोक हो । अर्थ व्यवस्थाको आयामबाट परिभाषित गर्दा फंजिबल एसेट भनेको यस्तो सम्पत्ति हो जसको लेनदेन गर्न सकिन्छ, जस्तै मुद्रा ।

उदाहरणका लागि तपाईंसँग २० रुपैयाँको नोट छ भने तपाईंले त्यसलाई १०/१० रुपैयाँका दुई नोटमा साटेर बाँड्न सक्नुहुन्छ । यस्तो लेनदेनमा मुद्राको मूल्य घट्दैन ।
त्यसको ठ्याक्कै उल्टो हुन्छ, नन फन्जिबल एसेट । यो सम्पत्ति वा एसेटको सबैभन्दा खास विशेषता भनेको हरेक नन फन्जिबल एसेट आफैंमा अनौठो वा नौलो हुन्छ ।

कुनै एक नन फंजिबल एसेट अर्को नन फंजिबल एसेटसँग मेल खानु असम्भव जस्तै हुन्छ । हरेकको फरकपना नै यसको विशेषता हो ।

साथै यसको अर्को ठूलो विशेषता भनेको यसलाई अन्य कुनै चिजसँग विनिमय गर्न वा लेनदेन गर्न सकिँदैन ।

यो कुनै घरपनि हुनसक्छ र कुनै पेन्टिङ पनि हुनसक्छ, जस्तो मोनालिसाको पेन्टिङ । यो त्यस्तो चिज हो जुन आफैमा एकमात्र हुन्छ र नौलो वा फरक हुन्छ ।

डिजिटल संसारमा एनएफटी एक प्रकारको सम्पत्ति हो, जसलाई अन्य सम्पत्तिलाई जस्तै खरिद बिक्रि गर्न सकिन्छ । तर यसको कुनै ठोस रुप हुँदैन ।

डिजिटल टोकनलाई भर्चुअल वा भौतिक सम्पत्तिको स्वामित्वको प्रमाणपत्रको रुपमा लिन सकिन्छ ।

एनएफटीले कसरी काम गर्दछ ?

परम्परागत कलाको उदाहरण, जस्तै पेन्टिङ आदि आफैमा फरक हुन्छन् र एकमात्र हुन्छन् ।

तर त्यस्ता कलाकृत्रिका हजारौं लाखौँ डुप्लिकेट कपी बनाउन सकिन्छ अर्थात् चाहेको बेला त्यसको नक्कल तयार गर्न सकिन्छ ।

एनएफटीको सहयोगमा उक्त मौलिक कलाकृतिलाई टोकनाइज्ड गरी डिजिटल प्रमाणपत्र बनाउन सकिन्छ र उक्त स्वामित्वको प्रमाणपत्रलाई खरिदबिक्री गर्न सकिन्छ । क्रिप्टो करेन्सीमा जस्तै ब्लकचेन प्रविधिले यसलाई सम्भव तुल्याएको छ ।

यो डिजिटल खाता हो जसमा लेनदेख तथा सूचनाहरुको स्थायी रेकर्ड हुन्छ जसलाई सत्यापित गर्न सकिन्छ ।

ब्लकचेनलाई मुख्यरुपमा बिटक्वाइन तथा इथेरियम जस्ता क्रिप्टोकरेन्सीमा प्रयोग गरिन्छ । यसको प्रयोग दुईपक्षबीच अन्य सम्झौताहरुको ग्यारेन्टी दिने स्मार्ट करार बनाउनमा पनि हुन सक्दछ ।

एनएफटीको रेकर्डलाई फर्जी बनाउन सकिंदैन किनकि संसारभरका हजारौँ कम्प्युटरहरुले उक्त खाताको रेखदेख गरिरहेका हुन्छन् ।

एनएफटी कति मूल्यवान हुन्छ ?

सैद्धान्तिक रुपमा जो कोहीले पनि आफ्नो मूल कृतिलाई एनएफटीको रुपमा बेच्नका लागि टोकनाइज्ड गराउन सक्दछ ।

हालै भएका कतिपय दशौं लाख डलरका सम्झौताका कारण मानिसहरुमा यसलाई लिएर जिज्ञासा बढिरहेको छ । गत फेब्रुअरी १९ मा एनिमेटेड जिफ Nyan Cat करिब पचास लाख डलरमा बिक्री भयो । त्यसको केही हप्तापछि संगितकार ग्राइम्सले आफ्ना केही डिजिटल कलाकृति ६० लाख डलरमा बिक्रि गरे ।

तर केवल कलाकृतिलाई मात्र टोकनीकरण गरेर खरिद बिक्री गर्न सकिन्छ भन्ने होइन । ट्वीटरका सह संस्थापक ज्याक डोर्सीले आफ्नो पहिाले ट्वीटलाई समेत एनएफटी बनाएर लिलाम गरेका थिए र त्यसले नन फंजिबल टोकनको चर्चा निकै बढाएको थियो ।

डिजिटल कलाकृतिलाई नक्कल गर्नु कति सजिलो, कति कठिन

लाखौं मानिसहरूरुले बिपलको कलाकृति देखेका छन् जुन ६ करोड ९० लाख डलरमा बिक्यो । उनको कलाकृतिलाई अनगिन्ती पटक कपी गरी शेयर गरिएको छ ।

धेरै कलाकारहरुे आफ्ना कलाको कपीराइट सुरक्षित गरेका हुन्छन् ता कि केवल आफूले मात्र आफ्नो कलाको कपी बनाउन सकियोस् र बेच्न सकियोस् ।

तर एनएफटीको खरिदकर्तासँग एक टोकन हुन्छ जसले उक्त मौलिक कलाकृतिको स्वामित्व सो व्यक्तिसँग भएको प्रमाणित गर्दछ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?