+
+

काठमाडौंका धारामा मेलम्चीको पानी वितरण सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते ९:५६
फाइल तस्वीर

११ वैशाख, काठमाडौं । काठमाडौंका धाराहरुमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको काम आजबाट पुनः सुरु भएको छ । वर्षायाममा बाढीले पुर्याएको क्षतिपछि मर्मत गरेर आजबाट मेलम्चीको पानी वितरण सुरु गरिएको हो ।

खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी आज बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रमा पुगेर पानी वितरणको काम शुभारम्भ गरे । उनले काठमाडौं उपत्यकामा पानीको समस्या अन्त्य गर्ने प्रतिबद्धतासमेत जनाए ।

नेकपा एमाले नेतृत्वको अघिल्लो सरकारको पालामा २०७७ चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा सार्वजनिक धाराबाट मेलम्चीको पानी वितरणको थालनी गरेकी थिइन् । तर पर्याप्त तयारी र अधुरो काम गराइका कारण केही दिनमै उक्त धाराबाट पानी आउन बन्द भएको थियो । लगत्तै असार महिनामा आएको बाढी र पहिरोले मेलम्चीको मुहानमै क्षति पुर्याएपछि पानी वितरणको काम पूर्णरुपमा रोकिएको थियो ।

खानेपानी मन्त्रालयले आयोजनाको मर्मत र सफाइको काम सम्पन्न गरेर २०७८ चैत मसान्तबाट काठमाडौंतर्फ पानी पथान्तरणको काम सुरु गरेको थियो । आजबाट नयाँ र पुराना धाराबाट मेलम्चीको पानी घर–घरमा पुग्ने मन्त्रालयका अधिकारीहरुको दाबी छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी वितरण गर्ने भनिएको छ । तर त्यतिले काठमाडौंको माग नधान्ने भएकाले मेलम्ची आयोजनाकै सुरुङमार्ग प्रयोग गरी याङ्ग्री र लार्के खोलाबाट पनि थप ३४ करोड लिटर पानी काठमाडौं ल्याउने पहल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?