+
+

नागढुंगाबाट लागुऔषधसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १९:५५

११ वैशाख, काठमाडौं । प्रहरीले नागढुंगा चेक प्वाइन्टबाट प्रतिबन्धित लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकनन्दनी गाउँपालिका-२ घर भएका २३ वर्षीय हेमन्त यादव रहेका छन् ।

जनकपुरदेखि काठमाडौंतर्फ आउँदै गरेका बा १ प १२३२ नम्बरको बसमा चेक जाँच गर्दा प्रहरीले लागुऔषधसहित उनलाई प्रहरी वृत थानकोटको टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन, ४०० एम्पुल नुफिन र ४०० एम्पुल नाम नलेखिएको तरलपदार्थ बरामद गरिएको छ ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्‍याद अनुमति लिई थप अनुसन्धानका लागि प्रहरी वृत थानकोटमा राखिएकव जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?