+
+

कांग्रेसले टुंग्यायो रुपन्देहीका ६ नगरका मेयर उम्मेदवार, बुटवल संस्थापनइतरको भागमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते ८:२३

१२ बैसाख,बुटवल । नेपाली कांग्रेसले रुपन्देहीको एक उपमहानगरपालिका र ५ नगरपालिकामा मेयरको उम्मेदवारको टुंगो लगाएको छ ।

आइतबार रातिसम्म बसेको प्रदेश समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार बुटवल उपमहानगरपालिकाको मेयर उम्मेदवार खेलराज पाण्डे हुने भएका छन् । उनी नगर सभापति हुन् ।

यस्तै तिलोत्तमा नगरपालिकाको मेयर उम्मेदवार जिल्ला पार्टी सभापति रामकृष्ण खाँण हुने भएका छन् ।

सैनामैना नगरपालिकाको मेयरमा फणिन्द्र शर्मा उम्मेदवार हुने भएका छन् । पाण्डे, खाँण र शर्मा तीनै जना अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए ।

तीनै जना एमालेका उम्मेदवारसँग पराजित भएका थिए । यस्तै देवदह नगरपालिकामा हालका मेयर हिरा केसी उम्मेदवार बन्ने भएका छन् ।

सिद्धार्थनगर नगरपालिकाको मेयरमा इस्तियाक अहमद खान र लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा सिरजुद्दिन मुसलमान उम्मेदवार बन्ने भएका छन् ।

टिकट पाउनेमध्ये पाण्डे पार्टीभित्र संस्थापनइतरका हुन् भने लुम्बिनी सांस्कृतिक नगरपालिकाका मुसलमान नेता भरत शाह निकट र बाँकी ४ जना गृहमन्त्री बालकृष्ण खाँण निकटका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?