+
+

गोली र नक्कली सुनसहित फरार अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १४:३५

१२ वैशाख, काठमाडौं । प्रहरीले गोली र नक्कली सुनसहित विभन्‍न सामानहरु बरामद घटनाका फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर स्थित नरेफाँटमा बस्‍दै आएकी प्रमिला तामाङको कोठामा चेक जाँच गर्दा गोली र नक्कली सुन बरामद भएको थियो ।

अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई वैशाख ९ गते पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट पेस्तोलामा प्रयोग हुने ९ एमएम लेखिएको चार राउण्ड गोली र एक केजी सुन बरामद गरेको छ । यसका साथै उनीहरुको साथबाट नेपाली सेनाको हरियो जर्सी, सेनाकै नसिलाएको जर्सी, केशव बहादुर धानुकको नाममा रहेको राहदानी, डाइमण्ड लेखिएको किप्याड मोबाइल, नोकिया कम्पनीको कालो रङको मोबाइल, एमटीएस लेखिएको मोबाइल, विभिन्‍न व्‍यक्तिका नाममा रहेका चेकहरु, कपाली तमसुक र जन्मकुण्डलीहरु बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई प्रहरी वृत नयाँ बानेश्‍वरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?