+
+

ऋचाको ‘कौसीद’ जेठ २७ मा रिलिज नहुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १४:५१

काठमाडौं । अभिनेत्री ऋचा शर्माले निर्माण गरेको फिल्म ‘कौसीद’को प्रदर्शन मिति पछि सरेको छ । जेठ २७ गतेको पूर्वनिर्धारित मिति स्थगित भएको ऋचाले अनलाइनखबरलाई जानकारी दिइन् ।

उनका अनुसार आगामी मंसिरमा फिल्म रिलिज गर्ने तयारी छ । ‘पूर्वनिर्धारित मितिमा कौसीद अब रिलिज हुँदैन,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय बजारमा रिलिज गरेपछि मात्र अब नेपाल रिलिज गर्नेछौं ।’

चार-पाँच मुलुकमा फिल्मलाई रिलिजको तयारी भएको ऋचाले बताइन् । ‘विदेशमा रिलिज गरेपछि मात्र फिल्मलाई नेपालमा लगाउने तयारी छ,’ उनले भनिन् ।

आमा बनेपछि ऋचा अहिले सन्तान स्याहारमा समेत व्यस्त छिन् । केदार भुसालको निर्माण रहेको ‘कौसीद’लाई कुमार भास्करले निर्देशन गरेका हुन् । फिल्ममा ऋचाकै मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?