+
+

एसियाडका लागि बास्केटबलका खेलाडी छनोट वैशाख १७ देखि

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १५:४६

१४ बैशाख, काठमाडौं । आगामी सेप्टेम्बरमा चीनको होन्झोउ शरहमा आयोजना हुने १९औं एसियन गेम्समा बास्केटबलअन्तर्गत नेपालले महिलाको थ्री बाई थ्री इभेन्टमा सहभागिता जनाउने भएको छ ।

केही दिनअघि राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले बास्केटबलसहित २३ खेललाई एसियन गेम्समा समावेश गराउने निर्णय गरेको थियो ।

नेपाल बास्केटबल संघले एसियन गेम्सका लागि थ्री बाई थ्री अन्तर्गत महिला टिमको छनोट प्रतियोगिता गराउने भएको छ ।

महासचिव नरेन्द्र थापाले खेलाडी छनोट वैशाख १७ र १८ गते हुने बताए । संघका कार्यवाहक अध्यक्ष भीम सिंह गुरुङले बुधबार सूचना जारी गर्दै दशरथ रंगशालास्थित सेमी इन्डोर कभर्ड हलमा खेलाडी छनोट गरिने जानकारी गराएका छन् ।

यसअघि इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा पनि नेपालले महिला थ्री बाई थ्री मा मात्र सहभागिता जनाएको थियो ।

यस्तै २०१९ मा नेपालमा भएको १३औं सागमा थ्री बाई थ्री तर्फ नेपालको महिला टिमले कास्य पदक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?