+
+

धान चोर्ने चरा भगाउने अनौठो काइदा (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १८:२१

१४ वैशाख, काठमाडौं । बालीनाली खाइदिने जंगली जनावर तथा चराचुरुंगी भगाउनका लागि खेतबारीमा बुख्याँचा बनाएर ठड्याउने चलन छ । तर धान खाइदिने चराचुरुङ्गीहरु बुख्याँचासँग डराउन छाडेपछि भारतका एक किसानले अनौठो उपायको खोजी गरेका छन् ।

ती किसानले धानखेतबाट चरा भगाउन अबलम्बन गरेको उपाय साँच्चिकै वैज्ञानिक छ। बाँस, पानी र घण्टीको संयोजनबाट बनेको उक्त डिभाइसले निरन्तर आवाज दिइरहन्छ । जसका कारण चराहरु तर्सिने र धान जोगिने विश्वास किसानको छ ।

उक्त डिभाइसमा एउटा बाँसको लामो टुक्रामा एकातर्फ आधा कप्टेरो पारिएको छ भने अर्कोतर्फ फलामको डल्लो डोरीमा बाँधेर झुण्डाइएको छ । बीचमा प्वाल पारेर काठ घुसाई ढिकीजस्तो बनाइएको छ । कप्टेरो पारिएको भागमा बाँसको अर्को कप्टेरोबाट निरन्तर पानीको धारा चुहाइएको छ । अर्को छेउँतर्फ एउटा धातुको पाता राखिएको छ ।

बाँसको कप्टेरो पानीले भरिएर भारी बनेसँगै बाँस त्यतातर्फ झुक्न र भरिएको पानी पानी पोखिन्छ । पानी पोखिएसँगै कप्टेरोको भाग हलुका हुन्छ जसका कारण बाँस पुनः फलामको डल्लो भएको छेउँतिरै झुक्दछ । त्यस क्रममा डोरीमा बाँधिएको फलामको डल्लोले धातुको प्लेटमा हिर्काउँछ र चर्को आवाज आउँदछ ।

यो क्रम निरन्तर भइरहन्छ विद्यालयमा घण्टी बजाएजस्तै गरी । घण्टीको चर्को आवाज सँगै धानको बालामा बसेका चराहरु पनि तर्सिएर उड्दछन् र पटक पटक आवाज आइरहँदा यसरी बस्ने हिम्मत नै गर्दैनन् ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार avocadotechnology नामक इन्स्टाग्राम प्रयोगकर्ताले शेयर गरेको उक्त भिडियो भारतकै कुनै ठाउँको भएको दाबी गरिएको छ । तर यस्तो जुगाड गर्ने किसान र ठाउँ भने खुलाइएको छैन । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?