+
+

राष्ट्रिय फुटबल टिमका खेलाडीको ‘विद्रोह’, १० खेलाडीले छाडे प्रशिक्षण

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ वैशाख १४ गते १९:०४

काठमाडौं । एएफसी एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय फुटबल टिमका सिनियर १० खेलाडीले क्याम्प छाडेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै अन्जन विष्ट, रोहित चन्द, अनन्त तामाङसहित सिनियर खेलाडीले टिम छाडेका हुन् ।

एसियन कपको तेस्रो चरणको छनोटका लागि नेपाली टोलीले दुई सातादेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रशिक्षण गर्दै आएको थियो । खेलाडीहरूलाई वर्ल्ड ट्रेड सेन्टरको होटलमा राखिएको थियो ।

तर मंगलबारको प्रशिक्षण सकाएर होटल पुगेका १० खेलाडी राति ९ बजे हिँडेका छन् । टिम मिटिङमा सबै खेलाडी सहभागी थिए । तर राति होटल छाडेर हिँडेका जानकारी पाएको राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले पुष्टि गरेका छन् ।

टिमसँगै होटलमा रहेका व्यवस्थापन कृष्णभक्त मानन्धर खेलाडी हिँडेको जानकारी गराएका थिए । होटल छाड्नेमा रोहित चन्दसँगै अन्जन विष्ट, विमल घर्ती मगर, अनन्त तामाङ, विशाल राई, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, दिनेश राजवंशी र सुमल लामा छन् ।

एन्फा स्रोतका अनुसार रोहित चन्द चोटका कारण रिह्याब गरिरहेकाले नियमित प्रशिक्षण गरेका थिएनन् । रोहितले प्रशिक्षण छाडेपछि प्रशिक्षकले राम्रो व्यवहार नगरेको भन्दै अन्य सिनियर खेलाडीले पनि टिम छाडेका हुन् ।

खेलाडीहरूले होटल छाडेको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) र मुख्य प्रशिक्षक अल्मुताइरीले धारणा सार्वजनिक गरेको छैन । प्रशिक्षक अल्मुताइरीले बुधबार नयाँ खेलाडी बोलाएर प्रशिक्षण गराए भने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग होटल छाडेका खेलाडीहरुले भेट गरेर छलफल गरेका छन् ।

मुख्य प्रशिक्षाक अल्मुताइरीले खेलाडीलाई मिडिया बोल्न नदिने, अन्तर्राष्ट्रिय खेलपछि म्यान अफ दि म्याच बनेका खेलाडीलाई पोष्ट म्याचमा बोल्न नदिने गरेका थिए । त्यसका बावजुत पनि खेलाडीहरु अल्मुताइरीकै समर्थनमा थिए ।

तर बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुले आफ्नो सेवा सुविधाबारे गुनासो गरेपछि दुरी बढ्न थालेको अधिकारीहरू बताउँछन् ।

किरणको साथ

राष्ट्रिय फुटबल टिमका कप्तान किरण कुमार लिम्बु भने बन्द प्रशिक्षण छाड्ने १० खेलाडीको पक्षमा उभिएका छन् ।  व्यवसायिक फुटबल खेल्न माल्दिभ्समा रहेका किरणले प्रशिक्षकको व्यवहारबाट असन्तुष्टि पोखेका छन् ।

‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?