+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

दोर्दीमा एकीकृत समाजवादीका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी फिर्ता, गठबन्धनलाई सघाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १७:०३

१६ वैशाख, लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै नेकपा एकीकृत समाजवादीले अध्यक्ष र उपाध्यक्ष दुवै पदबाट उम्मेदवारी फिर्ता लिएको छ ।

एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार रनबहादुर घले र उपाध्यक्षकी उम्मेदवार उर्मिला कुँवरले उम्मेदवारी फिर्ता लिएका हुन् ।

अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका टकराज गुरुङ र दरजङ गुरुङले पनि उम्मेदवारी फिर्ता लिएका छन् । टकराज नेकपा माओवादी केन्द्र र दरजङ नेपाली कांग्रेसमा सक्रिय छन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट दोर्दीमा माओवादीका लालबहादुर गुरुङले अध्यक्ष र नेपाली कांग्रेसका बिच्छबहादुर घलेले उपाध्यक्षमा मनोनयन दर्ता गरेका छन् ।

गठबन्धनलाई सहयोग गर्ने भन्दै एकीकृत समाजवादीले नाम फिर्ता लिएपछि अब दोर्दी गाउँपालिकाको अध्यक्षका एमालेबाट युवराज अधिकारी, जसपाबाट खेमजङ गुरुङ, राप्रपाबाट गोपाल लामिछाने, स्वतन्त्रबाट हरिचन्द्र पण्डित, मंगोल नेशनल अर्गनाइजेशनबाट रामबहादुर गुरुङको मात्र उमेदवारी कायम छ ।

निर्वाचन कार्यालयका अनुसार उपाध्यक्षमा एमालेबाट उषा गुरुङ, कांग्रेसबाट बिच्छबहादुर घले, राप्रपाबाट नन्दीमाया गुरुङ, मंगोल नेशनल अग्रानाईजेशनबाट कृष्णबहादुर गुरुङ, स्वतन्त्रबाट लिलबहादुर गुरुङ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?