+
+

इटहरीको मेयर उपमेयरमा जसपाले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १९:४७
केशवकुमार विष्ट र हेमकर्ण पौडेल ।

१९ वैशाख, इटहरी । इटहरी उपमहानगरपालिकामा जनता समाजवादी पार्टीले सत्तारुढ गठबन्धनमा आवद्ध हुने निर्णय गरेको छ ।

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रसहितको गठबन्धनमा जसपा पनि सामेल हुने भएको हो ।

जसपाले मेयर र उपमेयरमा दिएको उम्मेदवारी फिर्ता लिँदै गठबन्धनका उम्मेदवारलाई सघाउने र वडा तहमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।

इटहरीमा गठबन्धनबाट मेयरका कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्ट उम्मेदवार छन् ।

जसपाबाट मेयरमा डिल्लीप्रसाद सुब्बा र उपमेयरमा योसा गुरागाईँले उम्मेदवारी दिएका थिए ।  जसपाले दुवै जनाको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ ।

तर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेका कारण उनीहरुको नाम उम्मेदवारको सूचीबाट भने हट्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?