+
+
Shares

महाधिवेशनका लागि राप्रपाले गठन गर्‍यो मूल आयोजक समिति

आज बसेको कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६-२८ मा हुने महाधिवेशनका लागि विभिन्न समिति गठन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर २६ देखि २८ गतेसम्म हुने महाधिवेशनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा विभिन्न समितिहरू गठन गरेको छ।
  • पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आज बसेको कार्यसम्पादन समितिको बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न विभाग र कार्यदलहरूको जिम्मेवारी बाँडफाँट गरेको हो।
  • राप्रपाले सभा, आर्थिक, प्रचारप्रसार र स्वयंसेवक व्यवस्थापनलगायतका विभिन्न १४ वटा समितिहरू गठन गर्दै महाधिवेशनको तयारी शुरू गरेको छ।

२० साउन, काठमाडौं । राप्रपाले महाधिवेशनका लागि मूल आयोजक समिति गठन गरेको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६-२८ मा हुने महाधिवेशनका लागि विभिन्न समिति गठन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति, उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सभा, जुलुस व्यवस्थापन समिति, उपाध्यक्ष ध्रुब बहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति, उपाध्यक्ष हेमजङ गुरुङको संयोजकत्वमा भोजन व्यवस्थापन समिति, महामन्त्री भुवन पाठकको संयोजकत्वमा समारोह व्यवस्थापन समिति, महामन्त्री राजेन्द्र गुरुङको संयोजकत्वमा जिल्ला समन्वय तथा सम्पर्क समिति गठन गरिएको छ ।

त्यस्तै कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक समिति, गण्डकी प्रदेश अध्यक्ष पन्चराम गुरुङको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम तथा झॅाकी व्यवस्थापन समिति, कार्यसम्पादन समिति सदस्य डा. विष्णु भण्डारीको संयोजकत्वमा बौद्धिक सम्पर्क तथा समन्वय समिति, प्रवक्ता मोहन कुमार श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति, केन्द्रीय सदस्य दिपक रन्जितको संयोजकत्वमा शान्ति सुरक्षा तथा व्यवस्थापन समिति, केन्द्रीय सदस्य ई. सजिना कार्कीको संयोजकत्वमा स्वास्थ्य समिति, केन्द्रीय सदस्य ध्रुवविक्रम मल्लको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति र काठमाडौं, ललितपुर, भक्तपुर जिल्लालाई स्वागतद्वार व्यवस्थापन समितिको जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?