+
+

रोल्पामा कांग्रेस–एमाले र माओवादी–समाजवादी गठबन्धन बीच झडप

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते ११:३८

२२ वैशाख, रोल्पा । रोल्पामा कांग्रेस–एमाले गठवन्धन र माओवादी–एकीकृत समाजवादी गठबन्धन वीच झडप भएको छ ।

झडपमा परि माडी गाउँपालिका वडा नं. ३ का कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार मीनवहादुर डाँगी घाइते भएका छन ।

माडी गाउँपालिका वडा नं. ३ को चुनावी सभा सकेर फर्कने क्रममा दुई समूह बीच झडप भएको हो ।

वडाध्यक्षका उमेदवार डाँगीमाथि एकाएक आक्रमण भएको नेपाली कांग्रेसका नेता पशुपति घर्तीमगरले बताए । ‘टाउकामा चोट लागेका घाइते डाँगीलाई थप उपचारका लागी नेपालगञ्ज पठाएको छौं,’ घर्तीमगरले भने ।

तर माओवादी–एकीकृतसमाजवादी गठबन्धनले आफूहरुलाई कांग्रेस–एमाले गठबन्धनवाट आक्रमण भएकोले प्रतिवाद गरेको बताएको छ ।

‘सुरुमा उनीहरुले हामी माथि आक्रमण गरेपछि घटना घटेको हो’, नेकपा एकीकृत समाजवादी रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले भने, ‘हाम्रो तर्फका ५ जना साथीहरु घाईते भएका छन् ।’

प्रहरीले भने घटना सामान्य भएको वताएको छ । दुई पक्षबीच सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए

‘घाईतेहरुको अवस्था पनि सामान्य छ’, घिमिरेले भने, ‘द्धटना भएको जानकारी पाउने वित्तिकै प्रहरी टोली घटनास्थल पुगेर घटनालाई सामान्यीकरण गरिसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?