+
+

ट्राभल रियालिटी शो ‘इम्याजिन नेपाल’ आजबाट प्रसारण हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १२:४७

काठमाडौं । नेपालको पहिलो ट्राभल रियालिटी शो ‘इम्याजिन नेपाल’ बिहीबारदेखि प्रसारण हुने भएको छ । यो रियालिटी शोमा वृत्तचित्र (डकुमेन्ट्री) बनाउन सात जना भिडियो निर्माता-निर्देशकबीच प्रतिस्पर्धा हुनेछ ।

प्रत्येक निर्माताले आफ्नो तोकिएको प्रदेशका लागि उत्कृष्ट डकुमेन्ट्री बनाउन आफ्नो सात जनाको टोलीसँग देशका सात प्रदेशको भ्रमण गर्नेछन् र सोही स्थानको डकुमेन्ट्री बनाउनेछन् ।

जसमा प्रदेश १ बाट टिम सहाना, मधेश प्रदेशबाट टिम घुमन्ते, बागमती प्रदेशबाट टिम मानसी, गण्डकी प्रदेशबाट टिम दर्शन, लुम्बिनी प्रदेशबाट टिम किशोर, कर्णाली प्रदेशबाट टिम अबिन र सुदूरपश्चिम प्रदेशबाट टिम नेपाल फुड रहेका छन् ।

‘इम्याजिन नेपाल’ प्रत्येक बिहीबार राति ९ बजे कान्तिपुर टेलिभिजन र इम्याजिन नेपालको आधिकारिक युट्युब च्यानलबाट राति १० बजे प्रसारण हुनेछ ।

यो ट्राभल रियालिटी शोमा भूषण दाहाल मुख्य निर्णायक रहेका छन् भने सुरज सिंह ठकुरी होस्ट र प्रोडक्सन लिडको रुपमा रहनेछन् ।  महेन्द्र राइजको प्रस्तुति रहेको ‘इम्याजिन नेपाल’ १६ भागसम्म प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?