
२५ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षालाई लक्षित गरी काठमाडौंमा वैशाख २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक सूचना जारी गरी वैशाख २७ गते मंंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन नगर्न नगराउन आग्रह गरेको छ । ३० वैशाखमा स्थानीय तहको निर्वाचनको दिन तोकिएको छ ।
प्रशासन कार्यालयले मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधानबाहेक अरुलाई विहान ६ बजेदेखि मतदान नसकिँदासम्म सञ्चालनमा रोक लगाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4