
३० वैशाख, रामेछाप । रामेछापको दुई मतदान केन्द्रमा हवाई फायर भएको छ ।
सुनापति र खाँडादेवी गाउँपालिकाको मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले अनलाइनखबरलाई बताए ।
सुनापतिको वडा नं. २ मा मतदान केन्द्र बाहिर एउटा पक्षले अर्को पक्षकालाई कुटपिट गरेपछि तनाव सुरु भएको थियो । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको पहाडीले बताए ।
खाँडादेवी गाउँपालिकाको वडा नं. १ मा चाहिँ अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4