
३१ वैशाख, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । वडा नं. १ र ७ को ६३४ मत गणना हुँदा कांग्रेसले सुरुआती अग्रता लिएको हो ।
मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुनले २३२ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेका रोशनकुमार वलीले १८५ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका वीरबहादुर खत्रीले १२५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार चुडामणी वलीले ३७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका अमृताकुमारी केसी वलीले २६२ मत नेकपा एमालेका निर्मलाकुमारी वली १८१, नेकपा एकीकृत समाजवादीका नेपबहादुर डाँगीले ९९ र स्वतन्त्र उमेदवार सुशीला वलीले २० मत प्राप्त गरेकी छिन् ।
सो गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । गंगादेव गाउँपालिकामा ७ वटा वडा रहेका छन् ।
प्रतिक्रिया 4