
२ जेठ, काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले जितेको बर्दियाको बारबर्दिया नगरपालिकामा यसपटक नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयर र उपमेयर दुबै पद कांग्रेसले जित्दा माओवादी केन्द्र भने तेस्रो भएको छ ।
बारबर्दिया नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका छबिलाल थारु निर्वाचित भएका छन् । थारुले १३ हजार ६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पदम प्रसाद ढकालले १० हजार ३५१ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार दशरथ थारुको पक्षमा ९ हजार १०९ मत परेको छ ।
यसैरी उपमेयर पदमा नेपाली कांग्रेसकै रत्नकुमारी पाण्डे १२ हजार ४९१ मतसहित निर्वाचित भएकी छन् । उनको प्रत्यासी एमालेकी नारायणी चौधरीले १० हजार ८५५ मत पाउँदा माओवादी केन्द्रकी शोभा थारुले ९ हजार २९ मत मात्र पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4