+
+

रामेछाप नगरपालिकाको मेयर र उपमेयर दुवैमा कांग्रेस उम्मेदवार विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते २०:०४

३ जेठ, काठमाडौं । रामेछापको रामेछाप नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका लवश्री न्यौपाने विजयी भएका छन् । उनी ६ हजार ६३९ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रोशन पाख्रिनले ५ हजार १८६ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका नरेशबाबु श्रेष्ठले २ हजार ५९८ मत ल्याए ।

रामेछापको उपमेयरमा पनि नेपाली कांग्रेसकै उम्मेदवार बालकुमारी कार्की थापा निर्वाचित भएकी छन् । उनले ६ हजार ६४० मत ल्याउँदै एमालेकी उम्मेदवार सीताकुमारी खत्रीलाई पराजित गरिन् । उपमेयरमा नेकपा एकीकृत समाजवादीका ढालविक्रम कार्कीले २ हजार ११३ मत ल्याए ।

२०७४ सालको निर्वाचनमा पनि रामेछापमा कांग्रेसकै उम्मेदवार निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?