+
+

पुनः मतगणनाको माग गर्दै सप्तरीको बोदे बर्साइनमा माओवादी केन्द्रको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १९:३९

४ जेठ, सप्तरी । पुनः मतगणनाको माग गर्दै सप्तरीको बोदे बर्साइन नगरपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । उनीहरुले वडा नम्बर ३ को २ वटा मतदान केन्द्रको मतगणना पुनः गर्न माग गरेका छन् ।

बुधबार दिउँसो माओवादी केन्द्र सप्तरीका जिल्ला अध्यक्ष उमेशकुमार यादवको नेतृत्वमा मतगणना स्थल बाहिर टायर बालेर प्रदर्शन भएको छ । माओवादीले निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणना गर्न भन्दै निवेदन समेत दर्ता गराएका छन् ।

मंगलवार वडा नम्बर–३ को अध्यक्षमा नेपाली कांग्रेसका शिवनारायण यादव १ मतान्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले धोषणा गरेपछि निकट्तम प्रतिद्वन्द्वी माओवादीका भुवनेश्वर यादवका समर्थकहरुले असंतुष्टि व्यक्त गर्दै प्रदर्शन गरेका थिए ।

निर्वाचन अधिकृतको कार्यालयले यादव ६०० मत ल्याएर निर्वाचित भएको र उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका यादवले ५९९ मत प्राप्त गरेको जनाएको छ ।

१ मतान्तरले यादव पराजित भएपछि माओवादीका कार्यकर्ताहरुले मतगणनामा धाँधली भएको आरोप लगाउँदै फेरि सुरुदेखि मतगणना गर्न मांग गर्दै बुधबार प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?