+
+

म्याक्सले स्पेनमा बक्सिङ खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते २२:५३

१० जेठ, काठमाडौं । नेपाली बक्सर म्याक्स बस्नेतले स्पेनमा प्रो बक्सिङ खेल्ने भएका छन् ।

स्पेनको मड्रिडमा यही मे २९ मा हुने अन्तर्राष्ट्रिय लेइडा इयु च्याम्पियनसिपमा म्याक्सले प्रतिस्पर्धा गर्ने भएका हुन् । उनले पहिलो खेलमा हुवान रामो मेलगार रोमाचोसँग खेल्नेछन् ।

नेपाल प्रोफेसनल बक्सिङ कमिसन र म्याक्स बक्सिङ प्रमोसनले मंगलबार एक कार्यक्रमकाबीच म्याक्सलाई बिदाई गरेको थियो । म्याक्स बुधबार स्पेन जाँदैछन् ।

म्याक्सले स्पेनमा नेपाली खेलाडीले खेल्ने अवसर पाउनु ठूलो कुरा रहेको बताए ।

 ‘लिगामेन्टको चोटका कारण १३औं साग गुमाएँ । पछिल्लो चार वर्ष रिङमा खेलेको छैन । चुनौती र अवसर दुबै छ ।’ म्याक्सले भने  ‘यो हाम्रो लागि गोल्डेन चान्स हो नेपाली खेलाडीले खेल्न पाउनु । नेपालको प्रतिनिधित्व गर्न पाउनु ठूलो विषय हो । म आफ्नो शतप्रतिशत दिएर खेल्छु । जित हार खेलको पाटो हो ।’

उनले विदेशमा नेपाली ढाका टोपीको छुट्टै महत्व रहेको त्यसको शक्ति देखाउने बताए ।

यस्तै खेल खेलपछि अन्य नेपाली खेलाडीको लागि पनि अवसर खुल्ने म्याक्सले बताए । उनले चार वर्षपछि रिङमा उत्रन लागेपनि आफ्नो करिब दुई दशक लामो अनुभव प्रयोग गर्ने बताए ।

म्याक्सले अब नयाँ पुस्ताका लागि राम्रो प्ल्याटफर्म बनाउन लाग्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?