+
+
Shares

जनता थरथर काम्दै जाने स्थिति बन्यो, धेरैको भोट गठबन्धनका कार्यकर्ताले हाले : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १२:०८

१२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन जस्तो राज्यसंयन्त्रको दुरुपयोग गरेर कब्जा गर्ने क्रियाकलाप पञ्चालयले पनि नगरेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले निर्वाचन स्वच्छ र धाँधलीरहीत हुन नसकेको बताए ।

सम्भव भएसम्म सबै षड्यन्त्र, राज्यसंयन्त्रको हस्तक्षेप, त्रासदीपूर्ण वातावरणका बीच गठबन्धनले खटाएको उम्मेदवारलाई सरकारी उम्मेदवार जस्तो बनाएर भोट दिन आम जनतालाई बाध्य पार्ने काम भएको उनले बताए ।

धेरै मतदाताको मत गठबन्धनका कार्यकर्ताले खसाएको भन्दै उनले भने, ‘न आफूले भनेको उम्मेदवारलाई मतदान गर्न पाइयो, न स्वच्छ ढंगले मतदान स्थलमा जान पाइयो ।’

चुनावको समयमा गठबन्धनका नेताहरुले फलानालाई भोट नदिने हो भने देशमा दुर्घटना हुन्छ भनेको धम्क्याउने काम भएको उनले बताए ।

यस्तो अभिव्यक्तिपछि मान्छेहरुले द्वन्द्वकाल सम्झिएको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘छोराछोरी विदेशिनु परेको सम्झिए । आतंक छाएको सम्झिए । भाषणका शब्द जसरी बाणका रुपमा निस्किँदै जान्छन्, जनता थरथर काम्दै जाने स्थिति बन्यो ।’

प्रचण्डतर्फ संकेत गर्दै उनले अघि भने, ‘मान्छे मारिएका, अंगभंग भएका, त्यही चितवनमा बोरामा हालेर घिसारिघिसारी मान्छेको हत्या गरिएको झलझल सम्झिए ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?