
फाइल तस्वीर ।
१३ जेठ, काठमाडौं । भरतपुर महानगरपालिका, चितवनकी मेयर रेनु दाहाल दुर्घटनामा परेकी छन् ।
दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी शुक्रबार दिउँसो ललितपुरको जाउलाखेलमा दुर्घटना भएको हो ।
टायर पञ्चर भएपछि उनको गाडी विद्युतको पोलमा गएर ठोक्किएको थियो । दुर्घटनामा दाहालको टाउकोमा चोट लागेको छ ।
सिटी स्क्यान गर्दा घाउ बाहिरी छालामा मात्र लागेको देखिएकाले डिस्चार्ज गर्न लागिएको उनकी बहिनी गंगा दाहालले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4