+
+

दाङमा साथीले बोकेको बन्दुक पड्किंदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते १२:४७

१४ जेठ, दाङ । दाङमा सिकार खेल्न गएका एक जनाको बन्दुकको गोली लागेर मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा साथीले बोकेको बन्दुक पड्किदा एक जनाको मृत्यु हो ।

मृत्यु हुनेमा लमही नगरपालिका-१ निवासी भागबहादुर पुन रहेका छन् । पुन शुक्रबार दिउँसो साथीहरुसँग सिकार खेल्न गएका थिए । उनीसँगै सिकार खेल्न गएका साथीले बोकेको बन्दुक पट्किंदा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लले बताए ।

पुनको घाटीमा गोली लागेको छ ।

उनको शव लमही अस्पतालमा राखिएको छ । मृतक पुनसँग सिकार खेल्न गएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख काफ्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?